Connect with us
Kapilvast Forest

प्युठान जिप दुर्घटना : मृतकको संख्या ८ पुग्यो

२०७८, २२ माघ शनिबारमा प्रकाशित

प्यूठान- प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

६ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल जानकारी दिनुभयो

जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो ।

जिपमा १३ जना सबार रहेको बताईको छ । घाईते भएको ४ जनाको अवस्था समेत गम्भिर रहेको अस्पतालले जनाएको छ ।

सडकमा पहिरो गएका कारण जिप दुर्घटना परेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापा जनकारी दिनुभयो । जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu