Connect with us
Kapilvast Forest

बैशाख ३० मा चुनाव गर्न सकिन्छ :निर्वाचन आयोग

२०७८, २४ माघ सोमबारमा प्रकाशित

 

काठमाडौं-सरकारले निर्वाचन आयोगलाई आगामी बैशाख ३० गते स्थानीय चुनाव गर्न सकिन्छ रु भनेर सोधेको छ । सरकारले सोमबार मन्त्रिपरिषद बैठक अघि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया लगायतका उच्च पदाधिकारीलाई बैशाख ३० गते मिति तोक्दा चुनाव गर्न सकिन्छ सकिँदैन भनेर सोधेको हो । जवाफमा आयोगका पदाधिकारीले ‘सकिन्छ’ भन्ने जवाफ दिनु भएको छ ।

आयोगका एक आयुक्तले भन्नु भयो , ‘सरकारले हामीलाई बैशाख ३० मा चुनाव गर्न सकिन्छ सकिँदैन भनेर सोधेको छ, हामीले सकिन्छ भन्ने जवाफ दियौ ।’ आयोगका पदाधिकारीसँग कुराकानी गरेलगत्तै बालुवाटारमा अहिले मन्त्रिपरिषद बैठक जारी छ । बैठकले बैशाख ३० गतेलाई मिति तोक्ने सम्भावना बढेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu