Connect with us
Kapilvast Forest

एमाले प्रवेशको लहर

२०७८, २४ माघ सोमबारमा प्रकाशित

 

काठमाडौं-  देशभर नेकपा एमाले प्रवेशको लहर चलेको छ । हरेक दिन कम्तीमा चार पाँच जिल्लामा अन्य पार्टीपरित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको हो ।यही क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गुल्मी जिल्लाका पूर्व जिल्ला सेक्रेटरी खिम खड्कासहित विभिन्न पार्टीका ५० जनाले एमाले प्रवेश गर्नुभएको छ । रूपन्देहीमा भएको एक कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी प्रवेश गर्नेलाइ एमालेमा स्वागत गर्नुभयो ।

उक्त कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका गुल्मी जिल्ला सदस्य विष्णु वि.क, अनेरास्ववियू क्रान्तिकारीका नवलपरासी अध्यक्ष सुशील परियार, युवा संगठन गुल्मीका अध्यक्ष कृष्ण ढकाल लगायत एमाले प्रवेश गर्नुभएको छ ।कार्यक्रममा बोल्दै नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको बताउनु भयो । ज्ञवालीले स्थानीय निर्वाचन समयमै गर्न दबाब दिन जरुरी रहेको आवश्यकता पनि औल्याउनु भयो ।

 

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा गुल्मी इञ्चार्ज दिनेश पन्थी, नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज भुमिश्वर ढकाल, नेकपा प्रदेश कमिटी सदस्य डा. गोकर्ण पन्थी, पार्टी प्रवेश गर्नेहरुको तर्फबाट खिम खड्का लगायतले बोल्दै पार्टीलाई बलियो बनाउन स्थानीय कार्यकर्ताको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu