Connect with us
Kapilvast Forest

भृकुटीमण्डपमा भाडा नतिर्ने र अनियमितता गर्नेमाथि कारबाही हुन्छ : मन्त्री रेग्मी

२०७८, २५ माघ मंगलवारमा प्रकाशित

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गर्नुभएको छ । भुकटीमण्डपभित्र रहेका व्यापारीहरूले स्टल भाडासमेत नतिरेको पाइएपछि उहाँले आज मङ्गलवार दिउँसो हङकङ बजारसहित भाडाका अन्य भवनहरूको अनुगमन गर्नुभएको हो ।

 

त्यस क्रममा धेरैले भाडा नतिरेको पाइएको मन्त्री रेग्मीले बताउनुभयो । उहाँले भृकुटीमण्डपभित्र भाडा नतिर्ने र अनियमितता गर्नेमाथि तत्काल कारबाही गर्ने चेतावनी दिनुभयो । अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउन आफूले त्यस क्षेत्रको अवलोकन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री रेग्मीले भन्नुभयो, ‘आफ्नै आँखाले देखेर मात्रै सुधार गर्न सकिन्छ । त्यस कारण यसलाई सुधार गर्न, नियमन गर्न र व्यवस्थित गर्नका लागि जो–जाे बस्नुभएको छ, उहाँहरूले पनि सहयोग गर्नुपर्‍याे । भाडा नतिर्ने र अनियमितता गर्नेलाई कारबाही हुन्छ नै ।’

 

मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रको भाडा लगाउने काम बिचौलियाहरूले गरिरहेको उल्लेख गर्दै अब सोझै समाज कल्याण परिषद्ले भाडा सम्झौता गर्ने व्यवस्था गर्न लागिएको बताउनुभयो । भृकुटीमण्डपको हङकङ बजारलाई व्यवस्थित बनाउन तत्काल टिनको छानोको व्यवस्था गर्ने उहाँकाे योजना छ ।

मन्त्री रेग्मीले भृकुटीमण्डप क्षेत्रलाई व्यवस्थित बनाउन त्यहाँका साना व्यापारीहरूलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu