ओली र शेखर कोइरालाको एक्कासी भेटवार्ता
काठमाडौं – नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला र पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न कोइराला ओलीको निवास बालकोट जानुभएको हो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) लाई लिएर देशभर चर्को बहस भइरहेका बेला कोइरालाले ओलीलाई भेट्न बालकोट पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुई नेताबीच देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।
एमसिसीलाई संसदवाट पारित गर्न सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलहरु शीर्ष नेताहरुले जोडले तातिरहेका छन् । आम नागरिकको जनमतलाई हेर्ने हो भने संसदवाट एमसीसी पारित गर्नु हुदैन भन्ने धारणाको बर्चस्व देखिन्छ ।