Connect with us
Kapilvast Forest

दुईवटा रेडपाण्डाको छालासहित युवक पक्राउ

२०७८, ९ फाल्गुन सोमबारमा प्रकाशित

pakrau fiture

 

काठमाडौं-काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्कबाट प्रहरीले दुईवटा रेड पाण्डाको छालासहित १ जना युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका घर भएका २६ वर्षीय नवराज केसीलाई पक्राउ गरेको हो ।

 

ललितपुरको एकान्तकुनाबाट पछ्याएर आरोपीलाई नयाँ बसपार्कको होटलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले बताउनु भयो । प्रहरीले उनको साथबाट दुईवटा रेड पाण्डाको छाला बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोमा केही दिनअघि मात्र डिएसपी मदन केसीले कमाण्ड सम्हालेका थिए । रेड पाण्डासहित पक्राउ परेका युवकलाई कानुनी कारवाहीका लागी डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu