Connect with us
Kapilvast Forest

अर्थतन्त्र बाहिर हल्ला गरेजस्तो निराशजनक छैन : अर्थमन्त्री

२०७८, २७ फाल्गुन शुक्रबारमा प्रकाशित

पोखरा । अर्थमन्त्री शर्माले बाहिर हल्ला गरे जस्तो अर्थतन्त्र निराशजनक अवस्थामा नरहेको बताउनुभएको छ ।

कास्कीको लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको बिहिबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले विभिन्न क्षेत्रका तथ्यांक बताउँदै उहाँले अर्थतन्त्र सरकारको नियन्त्रणमै रहेको र चाँडै समस्या समाधान हुने बताउनुभयो ।

‘गत आर्थिक बर्ष ०७७–७८ को पहिलो ६ महिनामा मूल्यवृद्धिको दर ३.५६ प्रतिशत बिन्दुमा थियो । चालू आवको शुरुबाटै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, खाने तेल, प्लास्टिक, स्टील तथा स्टीलजन्य बस्तुलगायको निरन्तर मूल्य वृद्धि हुँदा नेपालमा असर देखिएको छ । यद्यपी, चालू आवको मध्यावधि समिक्षा गर्दा मूल्यवृद्धि दर ५.०३ प्रतिशतमा रही बाञ्छित सिमा भित्रै रहेको छ’ उहाँले भन्नुभयो ।

गत बर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य सतप्रतिशत बढेको, खाने तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै ७० प्रतिशतसम्म बढेको जानकारी उद्योगीले नै दिएको, प्लास्टिक, स्टील र स्टीलजन्य बस्तुको अन्तर्राष्ट्रिय मूल्य पनि ५० देखी ६० प्रतिशत बढेको तथ्यांक देखाउँदै उहाँले भन्नुभयो, ‘यसरी अन्तर्राष्ट्रिय भाउ बढ्दा हामीले भुक्तानी गर्ने रकम बढ्न गई शोधानान्तरमा चाप परेको हो । यद्यपी, हामीले आयातमा कडाई गर्ने नीति लिएर शोधानान्तर घाटाको हालको स्थितिलाई न्यूनीकरण गर्ने प्रयास गरिरहेका छौं ।’

घट्दो रेमिट्यान्सको समस्या समाधान गर्न हुण्डी कारोबारलाई नियमन गर्न थालेको तथा क्रिप्टोकरेन्सी, डिजिटल नेटवर्किङ, हाइपर फण्डलगायतका गैरकानूनी आर्थिक क्रियाकलाप रोक्न प्धानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी प्रहरी, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभागलगायतको समन्वयमा क्रियाशील भइरहेको उहाँले बताउनुभयो ।

चालू आर्थिक बर्षमा निर्यात व्यापारमा ठूलो सुधार ल्याएको उहाँले बताउनुभयो । ‘निर्यातमा निक्कै ठूलो सुधार भएको छ । विगतमा एक खर्बको निर्यात गर्न एक आर्थिक बर्ष कुर्नुपर्ने अवस्था थियो । अहिले त्यसलाई अन्त्य गरिएको छ’ उहाँले भन्नुभयो, ‘यसपाली ६ महिनामै निर्यातमा ९५.५ प्रतिशत सुधार भई निर्यात एक खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म निर्यात झन् सुधार भई एक खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।’

कूल बैदेशिक व्यापारमा निर्यातको हिस्सा गत बर्ष माघ मसान्तसम्म ८ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा निर्यातको हिस्सा बढाएर १०.२९ प्रतिशत पु¥याइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै कूल बैदेशिक व्यापारमा निर्यातको हिस्सा बढाउँदै लगिने उहाँले बताउनुभयो ।

निजी क्षेत्रलाई अशिंयार बनाई काम गर्ने

अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई साझेदार नभई अशिंयार बनाई आर्थिक विकासका क्षेत्रमा काम गर्ने बताउनुभएको छ । ‘देशको अर्थतन्त्रमा निजी क्षेत्रको ७२ प्रतिशत योगदान छ । यस्तो योगदान गर्ने क्षेत्रलाई सरकार अशिंयार बनाई काम गर्न चाहन्छ’ उहाँले भन्नुभयो । उहाँले पोखरामा कम्तीमा ५ दिनसमम पर्यटकहरु बस्नैपर्ने गरी पूर्वाधार विकास गर्न पनि आग्रह गर्नुभयो । त्यस्तै पोखरामा आन्तरिक पर्यटक बढी हुने भएकाले देशका अन्य सहरसँग पोखराको दुरी छोटो हुने गरी पूर्वाधार विकास गर्ने योजना बनाइरहेको पनि जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu