Connect with us
Kapilvast Forest

भरतपुरको मेयरमा माओवादीलाई समर्थन गर्न देउवाको निर्देशन

२०७९, ६ बैशाख मंगलवारमा प्रकाशित

 

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस चितवनका सभापतिलाई भरतपुर महानगरपालिकाको मेयरमा दाबी नगर्न निर्देशन दिएका छन्।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँटलाई सहज बनाउन कांग्रेसले भरतपुरको मेयरमा दाबी गर्न नहुने भन्दै देउवाले कांग्रेस चितवनमा सभापति राजेश्वर खनाललाई दबाब दिएका हुन्।

सोमबार सत्ता गठबन्धनको बैठकमा भरतपुर नेकपा माओवादी केन्द्रलाई दिने समझदारी भएको थियो। तर कांग्रेस चितवनका नेताहरुले कुनै पनि हालतमा भरतपुर छाड्न नसकिने भन्दै पार्टीले टिकट नदिए मेयर, उपमेयरसहित सबै वडामा स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आएका छन्।

चितवनका सभापति खनाललाई काठमाडौँ बोलाएर देउवाले छलफल गरेका हुन्। मंगलबार प्रधानमन्त्री देउवासँग भएको भेटमा आफूले चितवन कांग्रेसको धारणा राखेको खनालले बताए। तर देउवाले भने भरतपुर माओवादीलाई दिनपर्ने अवस्था देखिएको भन्दै पार्टीको निर्णय बदल्न निर्देशन दिएका थिए।यस्तै प्रधानमन्त्री देउवाले कास्कीका कांग्रेस नेताहरुलाई पनि पोखरा महानगरको विषयमा छलफल गर्न काठमाडौँ बोलाएका छन्।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu