Connect with us
Kapilvast Forest

गणतन्त्र दिवसमा कपिलवस्तु कारागारका १७ कैदी रिहा

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

 

कपिलवस्तु-गणतन्त्र दिवसमा आईतवार कपिलवस्तु कारागारका १७ कैदीहरुलाई रिहा गरिएको छ । राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो । बिभिन्न मुद्दामा अदालतद्धारा तोकिएको ४० देखि ५० प्रतिशत सजाय भुक्तान गरेका कैदीहरुलाई कारागार ब्यवस्थापन बिभागको आदेशमा उनीहरुलाई छाडिएको कारागारका जेलर मनोज सैनीले बताए ।

कारागारले ५० प्रतिशत सजाय भुक्तान गरेका १३ जना र ४० प्रतिशत सजाय भुक्तान गरेका ११ जना सिफारिस गरेर पठाइएकोमा १७ जना रिहा भएको जेल सैनीले बताए । रिहाईकालागि कैदीको चालचलन, कैद भुक्तान अवधिलाई आधार बनाईएको थियो । रिहाई हुने कैदीहरुलाइृ स्वागत गरी घरमा लैजान कारागार परिसरमा आफन्तहरुको भीड लागेको थियो ।

कैदीको अवधि बाकी छदै रिहा भएका कैदीहरु निकै खुशी देखिन्थे । पुराना तीता अनुभवहरु सबै बिर्सेर नया जीवन बिताउने योजनामा रहेको रिहा भएकाहरुले उनीहरुले बताए । आफुहरुले देश, समाज र परिवारकालागि सहीढंगले काम गर्नु पर्ने उनीहरको भनाई थियो । अनुशासित कैदी रिहा भएकोमा आफुलाई पनि संतुष्टी मिलेको जेलर सैनीले बताए । कारागारमा अहिले ४ सय २८ जना कैदी बन्दी छन ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu