लुम्बिनी प्रदेशमा संघीय सरकारको १८ अर्ब ४७ करोड बजेट
दाङ-संघीय सरकारले लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १८ अर्ब ४७ करोड ६४ लाख बजेट विनीयोजन गरेको छ ।
जसमा चालुतर्फ ११ अर्ब २३ करोड ५५ लाख रकम रहेको छ । पुँजीगततर्फ ७ अर्ब २४ करोड ९ लाख रकम रहेको छ । संघीय सरकारले १५ जेठमा प्रस्तुत गरेको बजेटमा उक्त रकम विनियोजन गरेको हो ।
यसरी विनियोजन गरिएको बजेटमध्ये समानीकरण अनुदानतर्फ ८ अर्ब ५४ करोड १७ लाख रुपैयाँ रहेको छ । जसमा न्युनतम अनुदानतर्फ २ अर्ब ४१ करोड ८ लाख, सुत्रमा आधारित अनुदान ५ अर्ब ७८ करोड २८ लाख र कार्या सम्पादनमा आधारित अनुदान ३४ करोड ८१ लाख रहेको छ ।
सर्शत अनुदानतर्फ ८ अर्ब ७१ करोड २२ लाख रकम विनियोजन गरेको छ । जसमा चालुतर्फ २ अर्ब ६९ करोड ३८ लाख र पुँजीगततर्फ ६ अर्ब १ करोड ८४ लाख विनियोजन गरिएको छ । त्यसैगरी विशेष अनुदानतर्फ ४८ करोड ३५ लाख विनियोजन गरिएको छ जुन पुँजीगत शिर्षकको बजेट हो । समपुरक अनुदान ७३ करोड ९० लाख रहेको छ । संघीय सरकारले पठाउने बजेटको आधारमा प्रदेश सरकारले बजेट निर्माण गर्ने गर्दछन् । प्रदेश सरकारले १ असारमा बजेट ल्याउने तयारीमा रहेका छन् । संघीय सरकार र प्रदेश सरकारले पठाउने बजेटको आधारमा स्थानीय तहहरुले बजेट निर्माण गर्ने गर्दछन् । स्थानीय तहहरुले १० असारसम्म सबै स्थानीय तहहरुले बजेट ल्याइ सक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
जिल्लामा सबै भन्दा बढी बजेट घोराहीमा
संघीय सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट जिल्ला भन्दा बढी घोराही उप–महानगरपालिकालाई रहेको छ । घोराही उप– महानगरपालिकालाई १ अर्ब ९ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ । जसमा चालुतर्फ ९९ करोड ६७ लाख र पुँजीगततर्फ १० करोड ३० लाख रकम रहेको छ । घोराही जनसंख्याा तथा भौगोलिक हिसावले पनि ठूलो उप– महानगरपालिका हो । जिल्लामा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिकाहरु रहेका छन् । जिल्लाका १० पालिकाका लागि ५ अर्ब २ करोड ५ लाख बजेट विनियोजन गरिएको छ । जसमा चालुतर्फ ४ अर्ब २७ करोड ५२ लाख र पँुजीगततर्फ ७४ करोड ५३ लाख विनियोजन गरिएको छ । समानीकरण अनुदानतर्फ १ अर्ब ६८ करोड ९५ लाख रहेको छ । सशर्त अनुदानतर्फ ३ अर्ब
१२ करोड ९० लाख रहेको छ । विशेष अनुदानतर्फ १२ करोड ८० लाख र समपुरक अनुदान ७ करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।
दाङमा समानीकरण अनुदान अन्तर्गत न्यूनतम अनुदान ४४ करोड २५ लाख, सूत्रमा आधारित अनुदानतर्फ १ अर्ब १९ करोड ६१ लाख, कार्यसम्पादनमा आधारित अनुदान ५ करोड ९ लाख गरेर कुल १ अर्ब ६८ करोड ९५ लाख विनियोजन गरिएको हो ।
त्यसैगरी सशर्त अनुदानतर्फ दाङमा चालु बजेटमा २ अर्ब ५७ करोड ५७ लाख, पुँजीगततर्फ ५५ करोड ३३ लाख गरी जम्मा ३ अर्ब १२ करोड ९० लाख विनियोजन गरिएको छ । त्यस्तै दाङ जिल्लाले विशेष अनुदानतर्फ चालुमा १ करोड र पुँजीगततर्फ ११ करोड ८० लाख गरी जम्मा १२ करोड ८० लाख निनियोजन गरिएको छ । यसैगरी समपूरक अनुदानतर्फ दाङले ७ करोड ४० लाख बजेट विनियोजन गरिएकोे छ ।
यता घोराही उप महानगरपालिकालाई १ अर्ब ९ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ । जसमा चालुतर्फ ९९ करोड ६७ लाख र पुँजीगततर्फ १० करोड ३० लाख रकम रहेको छ । तुलसीपुर उपमहानगरपालिकालाई ९९ करोड ४३ लाख रकमको बजेट विनियोजन गरिएको छ । जसमा चालुतर्फ ८९ करोड ९० लाख र पुँजीगततर्फ ९ करोड ९३ लाख विनियोजन गरिएको छ ।
लमही नगरपालिकामा ५८ करोड ९५ लाख बजेट निनियोजन गरिएको छ । जसमा चालुतर्फ ३७ करोड ४ लाख र पुँजीगततर्फ २१ करोड ९१ लाख रहेको छ । गढवा गाउँपालिकामा ३७ करोड ९५ लाख विनियोजन गरिएको छ । जसमा चालुतर्फ ३३ करोड २८ लाख पुँजीगततर्फ ४ करोड ६७ लाख रहेको छ । दगीशरण गाउँपालिकामा २७ करोड ७१ लाख विनियोजन गरिएको छ । चालुतर्फ २३ करोड ३४ लाख र पुंजीगततर्फ ४ करोड ३७ लाख रहेको छ ।
यता बंगलाचुली गाउँपालिकामा ३४ करोड ९९ लाख विनियोजन गरिएको छ । जसमा चालुतर्फ २९ करोड १४ लाख र पुँजीगततर्फ ५ करोड ८५ लाख रहेको छ । बवई गाउँपालिकामा ३० करोड ९७ लाख विनियोजन गरिएको छ । जसमा चालुतर्फ २८ करोड ५८ लाख र पुँजीगततर्फ २ करोड ३९ लाख रहेको छ । राजपुर गाउँपालिकामा ३० करोड १८ लाख बजेट विनियोजन गरिएको छ ।
जसमा चालु तर्फ २५ करोड ९२ लाख र पुँजीगततर्फ ४ करोड २६ लाख रहेको छ । राप्ती गाउँपालिकामा ३९ करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । जसमा चालुतर्फ ३३ करोड १४ लाख र पुँजीगततर्फ ६ करोड ३१ लाख रहेको छ । शान्तिनगर गाउपालिकामा ३२ करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । जसमा चालुतर्फ २७ करोड ५१ लाख र पुँजीगततर्फ ४ करोड ९४ लाख रहेको छ ।