चार्टर्ड एकाउन्टेन्ट संघको नयाँ नेतृत्वमा पाण्डे , गभर्नर अधिकारीले भने माैद्रिकनीतिमा संघकाे सुझाव आओस
काठमाडौ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको नीति निर्माण तथा आर्थिक समस्याको विषयमा चार्टर्ड अकाउण्टेण्टको सुझावले झुट्टै महत्त्व राख्ने बताउनुभएकाे छ ।
नेपाल चार्टर्ड एकाउण्टण्ट्स संघको नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रमलाई सम्बाेधन गर्दै गभर्नर अधिकारीले भन्नुभयाे “हामी विभिन्न पक्षसँग आगामी माैद्रिकनीतिमा सबैकाे सल्लाह सुझाव लिइरहेका हुन्छौँ । त्यसमा पनि चार्टर्ड एकाउण्टेण्टकाको सुझाव व्यवहारिक हुन्छ,नीति बनाउन र कार्यान्वयन गर्न सहज हुन्छ । तपाईहरु कार्यक्रम बनाउनुहोस् हाम्रो साथ तपाईँहरूलाई सधै रहने छ ।”
यस्तै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्या भएमा त्यसमा छलफल तथा समाधानको प्रयासमा चार्टर्ड एकाउण्टण्ट्स संघ तयार रहने बताउनुभयाे ।
उहाँले भन्नुभयाे “चार्टर्ड एकउण्टेण्ट्हरु विभिन्न संघसंस्थाहरुको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आइरहनुभएको छ ।
सरकारी तथा स्थानीय निकायमा समेत चार्टर्ड एकउण्टेण्ट्हरुको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता, जबाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्नेमा म विश्वस्त छु ।”
नवनिर्वाचित केन्द्रिय कार्यसमितिको अध्यक्षमा दिपक पाण्डे, उपाध्यक्षमा सुशिल घिमिरे, महासचिवमा प्रदिप सिग्देल , प्रदेश नं १ प्रमुखमा मनोज अधिकारी, मधेश प्रदेश प्रमुखमा अरविन्द कुमार खेतान , बाग्मति प्रदेश प्रमुखमा निशान पौडेल निर्वाचित हुनुभएकाे छ ।
यस्तै गण्डकी प्रदेश प्रमुखमा सागर लामिछाने , लुम्विनी प्रदेश प्रमुखमा प्रेम भुर्तेल, कर्णाली प्रदेश प्रमुख मा छविलाल आचार्य , सुदुर पश्चिम प्रदेश प्रमुखमा लोकेन्द्र ऐयर निर्वाचित हुनुभयाे ।
उपत्यका विशेष प्रमुखमा टिकाराम कार्की, कोषाध्यक्षमा बर्षा वराल सहित सदस्यहरुमा अस्मिता त्रिपाठी, पृथ्वी पुन मगर, सुजन सुबेदी, विवेक राम भण्डारी, शंकर अर्याल, मिसन महत निर्वाचित हुनुभएको छ।
