Connect with us
Kapilvast Forest

दलित समुदाय अघि बढनु पर्छ: उपमेयर चौधरी

२०७९, १९ असार आईतवारमा प्रकाशित

शिवराज नगरपालिकाका नगर उप प्रमुख शिवकुमारी थारुले पछिल्लो समय दिन प्रति दिन हिंसात्मक घटना बढेको बताउनु भएको छ । संविधानमा दलित महिलाको हक अधिकार विषयमा शिवराज मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न वाहानामा हिंसाका घटना बढेको बताउनु भयो । उहाँले संविधानमै उल्लेख भए पनि कतै लिंगको आधारमा त कतै जातको आधारमा विभेद भएको बताउनु भएको छ । संविधानमा हकहितका कुरा उल्लेख भए पनि माथिल्लै निकायबाटै कार्यन्वयनमै विभेद भएको उहाँले बताउनु भयो ।दलितहरुका आवाज सम्बोधन गर्ने उदेश्यले नै शिवराजमा यि यस्ताकार्यक्रम संचालन गरेको उहाँले बताउनु भयो ।

।त्यस्तै कार्यक्रममा दलित मानव अधिकार निगरानी समितिकि अध्यक्ष मिना परियारले जातको आधारमा विभेद गर्नु अपराध भएको उल्लेख गर्नु भयो । संविधानले दलित महिलाको हक अधिकार र राज्यका सबै क्षेत्रमा प्रतिनिधित्वको सुनिश्चितता गरे पनि सामाजिक, आर्थिक र राजनीतिक रूपमा महिलाहरूको पहुँच र प्रतिनिधित्व हुन नसकेको बताउनु भयो । संविधानले उल्लेख गरेका क्षेत्रमा प्रतिनिधित्व पाएका दलित समुदायका महिलाहरुले समुदायकै जीवनस्तरमा सुधार ल्याएको समेत बताउनु भयो ।कानुनले नै स्थानीय सरकारमा अनिवार्य दलित महिलाको प्रतिनिधित्व भए पनि ती महिलाले विभेद खेप्न बाध्य भएको समेत बताउनु भयो ।

(सि एस )मिडिया प्रवन्धक एवम कार्यक्रमका अध्यक्ष समेत रहनु भएका चिन्ता परियारले संविधानमा उल्लेख भएका हक अधिकार कार्यन्वय नहुनु भनेको संविधानकै वर्खिलाप गर्नुभएको बताउनु भयो । उहाँले कार्यक्रममा बोल्दै दलित महिलाले समग्र महिलाले भन्दा भिन्न विभेद र उत्पीडन खेप्न बाध्य रहेको बताउनु भयो । उनीहरू अझै पनि सामाजिक क्षेत्र तथा आफनै हक अधिकार मै पनि सबैभन्दा पिँधमै रहेको बताउनु भयो ।

घरभित्र लैंगिक विभेद र हिंसा खेपेका दलित महिला घरबाहिर जातीय विभेद र छुवाछूतबाट प्रताडित रहेको बताउनु भयो । दलितको अधिकारका बारे कानुनले उल्लेख्य व्यवस्था भए पनि दलित महिलाले त्यसको लाभ लिन नसकेको उल्लेख गर्नु भयो ।शिवराज नगरपालिकाको सहयोग , अक (सि एस )मिडिया र दलित विकास संघको समन्वयमा भएको तालिममा शिवराजका दलित जनप्रतिनिधि तथा दलित महिलाहरुको सहभागिता जनाएका छन । संविधानमा दलित महिलाको हक अधिकार विषयमा हुने तालिममा लामो दलित अधिकारकर्मी मिना परियार लगायतले प्रशिक्षण दिने दलित विकास संघका अध्यक्ष पदम सुनारले जानकारी दिनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu