Connect with us
Kapilvast Forest

कपिलवस्तुको जगदीशपुर ताललाई वार्ड स्याङचुरी (पंक्षी आरक्ष) घोषणा

२०७९, १ श्रावण आईतवारमा प्रकाशित

पाहुना चराका लागि नमुना जगदीशपुर ताल : मुख्यमन्त्री केसी
चरा पाहुनका कारण नेपालकै नमुना जगदीशपुर ताल रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभएको छ। जगदीशपुर ताललाई वार्ड स्याङचुरी (पंक्षी आरक्ष) घोषणा कार्यक्रममा सो कुरा बताउनुभएको हो।

जगदीशपुर ताललाई गौरवको योजना बनाउनका निम्ति न्यूनतम चरण पनि पूरा गर्नुपर्ने उहाँले बताउनुभयो। यसलाई व्यवस्थित बनाउन प्राकृतिक स्रोत साधनको प्रयोग गर्नुपर्ने मुख्यमन्त्री केसीले बताउनुभयो। जगदीशपुर तालमा संसारका पहुना चरा आउने भएकोले यसको पृथक् पहिचान रहेको उहाँले बताउनुभयो।

ताल संरक्षणका लागि कानुन विपरीत बनाइएका संरचनालाई नियमन गर्नुपर्ने ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वीरबहादुर रानाले बताउनुभयो। यस क्षेत्रको विकासका लागि आम नागरिकको जीवस्तर उकास्न प्रदेश सरकार लागि परेको उहाँले बताउनुभयो। ताल क्षेत्रमा निर्माण गरिएको भौतिक संरचना मापदण्ड विपरीत रहेको उहाँले बताउनुभयो। कृषकलाई अत्मनिर्भर बनाउनका लागि सिंचाइमा परिवर्तन ल्याउनुपर्ने उहाँले बताउनुभयो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu