Connect with us
Kapilvast Forest

बार्सिलोनाले भालाडोलिडलाई ४-० ले हरायाे

२०७९, १३ भाद्र सोमबारमा प्रकाशित

एजेन्सी – घरेलु टिम बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ४-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा पेड्रो र सर्जी रोबर्टाेले समान एक-एक गोल गरे । खेलको २४औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाए ।

४३औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफसम्म २-० गोलको अग्रता दिलाए । खेलको ६४औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रतामा पुर्‍याए ।

अतिरिक्त समयमा सर्जी रोबर्टाेले गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए । यो जितसँगै बार्सिलोनाको तीन खेलबाट सात अंक भएको छ । पराजित रियल भालाडोलिडको भने १ अंक छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu