निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने
काठमाडौँ – निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्याएको र त्यसलाई यही ३१ गते सार्वजनिक गर्ने योजना रहेको बताउनुभयो ।
उहाले यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी मंसिर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि बताउनुभयाे ।
आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचार संहिताविपरीतका गतिविधि हुन नदिन सुक्ष्म अनुगमनको व्यवस्था गरेको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले दल र त्यसका उम्मेदवारलाई निर्वाचन आचार संहिता र कानुनविपरीतका गतिविधि हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको जानकारी दिनुभयाे ।