Connect with us
Kapilvast Forest

सिट बाँडफाँटमा सहमति खोज्दै गठबन्धनका शीर्ष नेताहरू

२०७९, ४ आश्विन मंगलवारमा प्रकाशित

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेश गरेर सत्ता गठबन्धनका शीर्ष नेताहरू प्रत्यक्षतर्फको सिट बाँडफाँटमा सहमति खोज्न केन्द्रित भएका छन्। nदलहरूले आइतबार र सोमबार समानुपातिकतर्फ बन्दसूची निर्वाचन आयोगमा पेश गरेका थिए।मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले प्रत्यक्षतर्फ सिट बाँडफाँट तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरेका थिए।

दिउँसो कार्यदलका सदस्यहरूबीच छलफल गरेर आजै अपरान्ह ४ बजेपछि सत्ता गठबन्धनका शीर्ष नेता फेरि बालुवाटामार जुट्ने भएका छन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाए पनि गठबन्धन बैठकमा कार्यदल सदस्यहरूलाई पनि राखेर छलफल गर्ने गरिएको छ।

पाँच दलीय सत्ता गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि कुन पार्टीले कति सिट लिने भन्नेमा सहमति हुन सकेको छैन। गत साउन २० देखि लगातार कार्यदल र शीर्ष नेताहरू छलफलमा बसे पनि सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन।

आयोगले प्रत्यक्षतर्फ असोज २३ मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनाएको छ। कांग्रेसले १०० सिटमा दाबी गरेको छ भने नेकपा माओवादी केन्द्रले ६० सिट, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका थिए। दलहरू लचिलो नहुँदा सिट बाँडफाँटमा सहमति हुन सकेको छैन।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu