काठमाडौं देखि छुटेकाे बस रूकुममा दुर्घटना , तीन जनाकाे मृत्यु
रुकुमपूर्व । रुकुम पूर्वमा भूमे गाउँपालिका –३ क्याङ्सी बगरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएकाे छ ।
काठमाडौँदेखि रुकुमकोट जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जानकारी दिनुभयो ।
बसमा १७ जना रहेका थिए । बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेकाे उपचार भईरहेकाे छ ।