आचारसंहिता विपरित कुनै पनि गतिविधि नगर्ने दलहरुको प्रतिबद्धता
सनिउल्ला धोबी, कपिलवस्तु-
आचारसंहिता विपरित हुने कुनै प्रकारका गतिविधिहरु नगर्ने राजनितीक दलहरुले प्रतिबद्धता व्यक्त गरेका छन । कपिलवस्तु क्षेत्र नं ३ को निर्वाचन आयोगको कार्यालय चन्द्रौटामा भएको सर्वदलीय बैठकमा सहभागी भएका राजनितिक दलका प्रतिनिधीहरुले निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
शुक्रवार सम्पन्न भएको सर्वदलिय बैठकले आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आ–आफ्नो तर्फबाट अधिकतम योगदान गर्न निर्णय भएको निर्वाचन आयोग क्षेत्र नं ३ का निर्वाचन अधिकृत प्रकाश मारासिनीले बताउनुभयो ।

निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ आयोगबाट विभिन्न मितिमा भएका निर्देशन तथा परी पत्रहरूको अक्षरशः पालनामा यस निर्वाचन क्षेत्रमा क्रियाशिल सम्पूर्ण राजनीतिक दल तथा अन्य सरोकारवालाको तर्फबाट प्रतिवद्धता व्यक्त गरेका छन ।
निर्वाचन अधिकृतको कार्यालय परिसर भित्र निर्वाचन आचारसंहिता विपरित हुने कुनै प्रकारका गतिविधिहरु नगर्न नगराउन प्रतिवद्धता व्यक्त गरेको बैठकमा सहभागी नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सदस्य हरी पोखरेलले बताउनुभयो ।
बैठकमा यस क्षेत्रमा सक्रिय राजनितिक दलका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।