Connect with us
Kapilvast Forest

पर्यटन व्यवसायीले कोभिड–१९ अवधिभरको ब्याज मिनाहाकाे माग

२०७९, २९ आश्विन शनिबारमा प्रकाशित

कास्की- पोखराका पर्यटन व्यवसायीले कोभिड–१९ को अवधिभरको कर्जाको ब्याज मिनाहा गर्न सरकारसँग माग गरेका छन् ।

निक्षेपमा बैङ्कर्स सङ्घले आगामी कात्तिकमा ब्याजदर नबढाउनेमा सहमत देखिए पनि घटाउनमा पहल नगरेको भन्दै यसलाई तुरुन्त परिमार्जन गरी बैङ्क तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर एक अङ्कमा झार्नुपर्ने माग छ ।

पर्यटन क्षेत्रको छाता संस्था पोखरा पर्यटन परिषद्ले विज्ञप्ति जारी गरी सरकारले पर्यटन क्षेत्रलाई प्रमुख प्रभावित क्षेत्र घोषणा गरेको स्मरण गराएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पर्यटनमा भएको लगानी र रोजगारीलाई जोगाउन चालू बजेटपछिको मौद्रिक नीतिले नसमेटेको विषयलाई परिमार्जित गर्दै थप कार्यक्रम ल्याउन नेपाल सरकारसमक्ष हार्दिक अपिल गर्छौं ।’

गण्डकी प्रदेश सरकारले ल्याएको व्यवसायी जीवन रक्षा कर्जा र नेपाल सरकार ल्याएका सहुलियतका कर्जालाई निरन्तरता दिई अझ सजिलो र झन्झटमुक्त प्रक्रियाबाट ऋण प्रवाह गर्नुपर्ने र प्रदेश सरकार तथा स्थानीय सरकारलाई तिर्नुपर्ने दायित्वको अतिरिक्त शुल्क मिनाहा गरी यस आर्थिक वर्षको असार मसान्तसम्म तिर्ने भाका बढाइदिनुपर्ने माग पनि परिषद्को छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu