Connect with us
Kapilvast Forest

बझाङ जिप दुर्घटना , मृतककाे सख्या ८ पुग्याे

२०७९, ३ कार्तिक बिहीबारमा प्रकाशित

बझाङ- मष्टा गाँउपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ।

गम्भीर घाइते ५० वर्षीया सिन्कीदेवी भण्डारीको उपचारका लागि धनगढी लैँजादै गर्दा बझाङको केदारस्युँ ४ बाग्थलमा मृत्यु भएपछि मृतकको संख्या आठ पुगेको हो।

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जीप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो।

जीप दुर्घटना हुँदा घाइते भएका १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने चार घाइतेलाई धनगढी रेफर गरिएको छ।

घाइतेमध्ये मष्टा गाउँपालिका १ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर छ। ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रेफर गरिएको छ। दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका छन्।

दुर्घटनामा मृत्यु हुनेमा भण्डारीबाहेक मष्टा गाँउपालिका–२ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ४२ वर्षीय झरेन्द्र बोहरा छन्।

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जीप दुर्घटनामा परेको हो। कच्ची सडकमा क्षमता भन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ। जीप सडकबाट ५०० मिटर तल खोल्सामा खसेको थियो।

‘सडक एकदमै उकालो भएको र गाडीमा भार बढी भएका कारण पछाडि सरेर भिरमा खसेको हो,’ प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारील भने, ‘दुर्घटनामा प्रायः जसो मष्टा २ का मानिसले ज्यान गुमाएका छन्।’

यसअघि २०७६ साल असार २ गते पनि यही सडक खण्ड अन्तर्गत डौठी भन्ने ठाँउमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu