Connect with us
Kapilvast Forest

ट्रकले ठक्कर दिँदा बस पल्टियो, ३० यात्रु घाइते

२०७९, ३ कार्तिक बिहीबारमा प्रकाशित

सिरहा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार-८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन्।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजु केसीले जानकारी दिए ।
गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu