Connect with us
Kapilvast Forest

पाल्पामा फूल टिप्न र माला बनाउन भ्याइनभ्याइ

२०७९, ३ कार्तिक बिहीबारमा प्रकाशित

पाल्पा- भाइटीकामा प्रयोग हुने फूल टिप्न र माला बनाउन पाल्पाका फूलखेती गर्ने किसानलाई यतिबेला भ्याइनभ्याइ छ । तिहार नजिकिएसँगै मखमली, सयपत्री, गुर्धौली (गुर्दाैली, गोदावरी) जस्ता फूल टिप्न र माला बनाउन पाल्पाका किसान व्यस्त बनेका हुन् ।

तीन महिनाअघि पाल्पाका किसानले लगाएको फूल ढकमक्क फुलेको छ । त्यसैले किसान माला बनाउन र प्याकेजिङ गर्न व्यस्त छन् । तिहार नजिकिएपछि भाइटीकाका लागि आवश्यक पर्ने फूलका माला बनाउन आफू व्यस्त बनेको तानसेन–१०, तेल्घाका किसान विष्णुमाया खत्रीले बताउनुभयो । दस रोपनीमा लगाएको मखमलीका फूल टिप्न र माला बनाउन यतिबेला आफू व्यस्त रहेको खत्रीले बताउनुभयो ।

तिहारका लागि बुटवल, भैरहवा, तानसेनबाट मखमलीका मालाको माग आएकाले फूल टिप्न र माला बनाउन परिवारका सबै सदस्य व्यस्त बनेको उहाँले बताउनुभयो । मखमलीको माला लामो समयसम्म नओइलिने भएकाले यसको माग धेरै हुने गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu