बैंकको व्याजदर विरुद्ध चन्द्रौटा उबा संघले विरोध गर्ने
कपिलवस्तु- बैंकहरुले अत्याधिक बृद्धि गरेको व्याजदर विरुद्ध कार्तिक १७ गते विहिबार विहान चन्द्रौटा चोकमा संघले विरोध गर्ने भएको छ ।
बैंकहरुले बढाएको व्याजदर बृद्धिले व्यापारी, उद्योगी र व्यवसायिहरु मर्का परेको भन्दै संघले विरोध गर्न लागेको चन्द्रौटा उद्योग वाणिज्य संघका अधयक्ष इश्वरी पाण्डेले जानकारी दिनु भयो ।
विरोध कार्यक्रममा स्थानिय व्यापारी, व्यवसायि उद्योगीहरुलाइ सहभागि भई र दवाव सिर्जन गराउन समेत अध्यक्ष पाण्डेले अनुरोध गर्नु भएको छ ।
साथै कपिलवस्तुमा रहेको चन्द्रौटा उद्योग वाणिज्य संघले चाडपर्वलाई मध्य नजर गर्दै विगत केहि समय देखि विहिबारको दिन बजार खुल्ला गर्दै आएकोमा यहि कार्तिक १७ गते विहिबारबाट पुन विहिबार बजार बन्द गर्ने जनाएको छ ।
विहिवार बन्दलाई निरन्तरता दिन चन्द्रौटा क्षेत्रका व्यापारी व्यवसायिहरुलाई अनुरोध गरेको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।