Connect with us
Kapilvast Forest

जसपा नेपालले गर्यो उपमेयर गुप्ता सहीत ७ जनालाई कारबाहीको सिफारिस

२०७९, २६ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु –
जसपका कपिलवस्तु क्षेत्र नम्बर २ ले पार्टीका आधिकारिक उम्मेदवारलाई निर्वाचनमा असयोग गरेको भन्दै कपिलवस्तु नगरपालिकाको उपमेयर सुनिता गुप्ता सहीत ७ जनामाथी कारबाहीको सिफारिस गरेको छ ।

जसपका नेता तथा २ को २ का उम्मेदवार अब्दुल रसिद खाँका अनुसार पार्टीको सदस्य भए पनि अन्य दलका उम्मेदवारलाई सघाएको प्रमाण फेला परे पछि उनीहरुलाई प्रदेश समितिमा कारबाहीकालागि सिफरिस गरिएको बताए ।

कारबाहीका लागि सिफारिस गएकाहरुमा जसपा नेतृ तथा कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ता, पार्टीको नगर अध्यक्ष जुबेर मुसलमान, नेतृ गीता श्रीवास्तव, अशोक नायक, बिरेन्द्र कुर्मी र रमेश मिश्रालाई सिफारिस गरिएको हो ।

कारबाहीमा सिफारिस गरिएकाहरु कपिलवस्तु नगरपालिका र यशोधरा गाउपालिकाका हुन । प्रदेशले कारबाहीको निर्णय गरे उनीहरु पदमुक्त हुने नेता खाले बताए ।

मंसिर ४ गते निर्वाचनको केही दिन अघि स्वर्गीय भगवानदास स्मृति कार्यक्रममा उप मेयरको श्रमिान संजायले आफनो श्रीमतिले उप मेयरबाट राजीनामा दिने घोषणा गरेका थिए । जसपाबाट निर्वाचित भए पनि संजय र उनकी पत्नी उप मेयर गुप्ता एमालेका उम्मेदवारलाई जिताउन खुलेयामा प्रचारप्रसारमा हिडेको नेता खाको आरोप छ ।