चन्द्रौटा महोत्सवको टिकट नै महाङ्गो
कपिलवस्तु– चन्द्रौटामा विहिबार देखी सुरु भएको सातौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७९ को प्रवेश शुल्क (टिकट) महाङ्गो भएको स्थानियले बताएका छन ।
आयोजक व्यपार संघ कपिलवस्तुले महाङ्गो जनरल रु ७० र साँझको टिकट भनेर रु १ सय तोकेको छ । त्यसैगरी विद्यार्थीको लागि रु ५० तोकेको पाइएको छ । महोत्सव जान्छु भनेर खरेन्द्रपुरबाट आएका एक जनाले टिकट महाङ्गो भएको कारणले महोत्सव मै नगई फर्किएका छन ।
आयोजक व्यपार संघ कपिलवस्तु र ठेकेकदार पक्ष जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालीका प्रबन्धक राजविर जयसवालले कामउने उदेश्यले महाङ्गो टिकट कायम गर्दा स्थानिय दर्शकले समेत महोत्सव बहिष्कार गर्ने न्युजसेन्टर नेपाललाई जानकारी दिएका छन । दिउँसो ७० अनि साँझ १ सय किन राखेको होला ? साँझ के व्यवस्था हुन्छ भन्दै नाम नबताउने सर्तमा एक स्थानियले जिज्ञासा राखे ।
यसै गरी महोत्सवमा रहेका स्टल र खेल सामाग्रीको विमा नहुदाँ व्यपारिहरु तथा मेला हेर्न आएका दर्शकहरु समेत असुरक्षित भएको छन । कुनै पनि मेला महोत्सव लगाउदाँ विमा अनिर्वाय गर्नु पर्ने प्रवधान भएपनि महोत्सव आयोजक व्यपार संघ कपिलवस्तुले रकम बचाउनका लागि स्टलको विमा नगरेको पाइएको छ ।

