Connect with us
Kapilvast Forest

कपिलवस्तु सहित तराईका जिल्लामा चिसो बढ्यो

२०७९, १४ पुष बिहीबारमा प्रकाशित

chiso.jpg

सनिउल्ला धोबीकपिलवस्तु-

कपिलवस्तु सहित तराईका अधिकास जिल्लामा मौसम परिवर्तन भएसँगै एक्कासि चिसो बढेको छ । दुई दिन देखी शीतलहर तथा बाक्लो हुस्सुका कारण कपिलवस्तुको जनजीवन कष्टकर बनेको छ । शीतलहरले चिसो बढेपछि कपिलवस्तुका अधिकास चोक चौराहमा चहलपहल घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कन समेत समस्या हुने गरेको तौलिहवाका गुलाम अलीले बताउनु भयो ।

जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् । खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबभन्दा बढी प्रभावित भएको चिकित्सकहरु बताउँछन् । उनीहरुमा चिसोका कारण हुने बिरामी देखिएको छ ।

कपिलवस्तु प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्राले लगातार जाडो बढ्दै गएकाले अब छिटै जिल्लाको सबै स्थानीय तहको चोक, चोकमा दाउरा बाल्ने व्यवस्था गर्न लागेको बताउनु भयो । जिल्लामा रहेका साझेदारी वन तथा समुदायिक वनसगँ समन्वय गरी गाँउ, गाँउ चोक चौराहामा दराउ वितरण गर्नका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी मिश्राले जानकारी भयो । जिल्लामा रहेका विभिन्न संघ संस्थासग पनि शितलहर पिडितलाई न्यानो लुगा वितरणको लागि पहल गर्ने प्रजिअ मिश्राले बताउनुभयो ।

अत्यधिक चिसोका कारण चिसोबाट प्रभावित विरामी बढेका छन । चिसोका कारण स्थानिय अस्पतालमा बालबालिका, वृद्धवद्धामा लाग्ने निमोनिया, खोकी, घाँटी दुख्ने जस्ता रोगका बिरामी अस्पतालमा बढेको पाइन्छ ।

चिसोवाट बच्नका लागि कपिलवस्तुको विभिन्न चौक चौराहा बजारमा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ । चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप घटेको छ । चिसोले बिहानपख यात्रु नपाई कतिपय यात्रुवाहक बस ग्यारेजमा थन्क्याइएको छ । एक्कासि अत्यधिक चिसो बढेपछि जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत न्यून देखिएको छ जिल्ला प्रशासन कार्यालय तौलिहवाले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu