Connect with us
Kapilvast Forest

लमजुङमा जिप दुर्घटना, १ को मृत्यु, ८ जना घाइते

२०७९, १४ पुष बिहीबारमा प्रकाशित

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका-८, भुलभुलेमा यात्रुबहाक जिप दुर्घटना हुँदा १ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।मर्स्याङ्दी गाउँपालिका ८, भुष्मेकी ४७ वर्षीया भिवकाशी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भुलभुलेको सुरुङ कट्नेबित्तिकै भुष्मेतर्फ जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो जिप बिहीबार साँझ ५ बजेतिर दुर्घटना भएको हो । उकालोमा ब्रेक फेल हुँदा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । ४ जना घाइते गम्भीर रहेकोमा चितवनस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ । अन्य ४ जनाको बेंसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu