Connect with us
Kapilvast Forest

लघुवित्त संस्थाका ऋणीहरू आन्दोलित

२०७९, २७ पुष बुधबारमा प्रकाशित

पश्चिम नवलपरासीमा रहेका लघुवित्त संस्थाहरूले ग्रामीण क्षेत्रका महिलाको समूहलाई प्रताडित गरेको भन्दै लघुवित्त संस्थाका ऋणीहरू अहिले आन्दोलित बनेका छन्।

लघुवित्त संस्थाहरूले मनपरी ब्याज लगाएको, ऋणीहरुलाई दिनुपर्ने तालिम एवं आर्थिक सचेतनाका कार्यक्रम नगरी सो कार्यक्रममा पैसा लघुवित्त संस्थाका कर्मचारीहरूले आर्थिक हिनामिना गरेको, लघुवित्त संस्थाका कर्मचारीहरूले ऋणी समूहका महिलाहरूलाई नीति विपरीत ऋणमा फसाई राखेका कारण ऋणीहरुले आत्महत्यासम्म गर्न बाध्य बनाएको लगायतका विषयलाई उठाएर लघुवित्त ऋणीहरू आन्दोलनमा उत्रिएको लघुवित्त संस्था विरुद्धको सघर्ष समितिका नवलपरासीकी अध्यक्ष गीता खाँडले बताउनुभयो ।

लघुवित्त संस्थाविरुद्धको सघर्ष समिति नवलपरासीकी अध्यक्ष खाँडका अनुसार लघुवित्त ऋण पीडितहरूको माग पुरा नहुँदासम्म आन्दोलन स्वरूप वित्तीय संस्थालाई किस्ता रकम नतिर्ने, ऋणीहरुलाई सङ्गठित गर्ने, जिल्लाका सम्बन्धित निकायहरूमा माग पत्र बुझाउन, प्रदर्शन गर्ने, वित्त ऋणको पासोको विषयमा सचेतना फैलाउन कोण सभा, विरोध प्रदर्शन समेत गर्ने लगाएता आन्दोलनका कार्यक्रम तय गरिएको छ ।

सोही आन्दोलनका क्रममा लघुवित्त संस्था विरुद्धको सघर्ष समितिका केन्द्रीय अध्यक्ष अध्यक्ष मनीराम ज्ञवालीले सरकारी स्तरमा वित्त नीतिमा परिवर्तन गर्नु पर्ने, लघुवित्त संस्थाको खारेजी हुनु पर्ने, सामूहिक ऋण मिनाहा हुनु पर्ने, आम गरिब किसानलाई सरकारले निःशुल्क ऋण प्रदान गर्नु पर्ने, आवश्यकता र क्षमताका आधारमा काम र दामको व्यवस्था गर्नु पर्ने एव समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने लगायतका माग राखेको बताइएको छ ।

देशै भरि लघुवित्त संस्थाविरुद्ध आन्दोलन सुरु भएको र यस क्रममा पहिलो ११ महिना देखी आन्दोलन सुरु भए पछि ऋणीहरुले लघुवित्त संस्थालाई दिनु पर्ने सावा ब्याज सबै रकम नतिर्ने भन्दै ब्याज समेत रोकेका छन् । पश्चिम नवलपरासी जिल्लामा लघुवित्त संस्थाद्वारा प्रताडित भएका १ हजार भन्दा बढी सङ्ख्यामा पीडित ऋणीहरु छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu