सबैले मिलेर सांस्कृतिक जरालाई जोगाउनुपर्छ
बेल्जियम- तामाङ समाज बेल्जियमद्वारा आयोजित २८५९ सोनाम ल्होछार कार्यक्रम बेल्जियमस्थित क्यासेल्लो शहरमा सम्पन्न भयो । बुद्द धर्मका गुरुहरूको विशेष उपस्थिति र प्रवचनसहित उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बेल्जियमको ब्रुज ब्रसेल्स एन्टरपेन हेरेन्ट र लुभेन सहरका तामाङ समुदाय तथा अन्य नेपाली एकै ठाउँमा भेला भएर सामूहिक रूपमा सोनाम ल्होछार मनाइएको छ बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि राजभण्डारीले हाम्रा सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।