Connect with us
Kapilvast Forest

दुई हजार ज्येष्ठ नागरिकको गाउँमै उपचार

२०७९, १९ माघ बिहीबारमा प्रकाशित

ओखलढुङ्गा- दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकको गाउँमै उपचार गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाले दुई हजार सातजना ज्येष्ठ नागरिकको गाउँमै उपचार गरेको हो ।

गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले एमबीबीएस, एमडी डाक्टरको व्यवस्था गरी वडा वडामा पुगेर ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको जानकारी दिनुभयो ।

वडा नं. १ देखि ९ सम्म महिला विकास शाखा र स्वास्थ्य शाखाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरी ज्येष्ठ नागरिकहरूमा के कस्ता रोग लागेका छन् र के कस्ता समस्या छन्, पहिचान गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu