Connect with us
Kapilvast Forest

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी राम गोरखलाई, मेयर कप महेन्द्र माविले जित्यो

२०७९, २७ माघ शुक्रबारमा प्रकाशित

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर नगपालिका मातहतका विद्यालयहरुमा राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी बहादुरगंजको राम गोरख माध्यमिक विद्यालयले जितेको छ ।

राष्ट्रपति रनिगं शिल्ड तर्फ नेत्र ज्योती माध्यमिक विद्यालय सौनाहवा दोस्रो, सेन्ट ज्युड्स इग्लिस बोडिङ स्कुल कृष्णनगर तेस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै मेयर कपको उपाधी महेन्द्र माध्यमिक विद्यालय कृष्णनगरले जितेको छ । मेयर कप तर्फ नेत्र ज्योती माध्यमिक विद्यालय सौनाहवा दोस्रो, बहादुरगंजको राम गोरख माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गरेको छ ।

कृष्णण्नगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले प्रथम पटक आयोजना गरिएको राष्ट्रपति रनिगं शिल्ड तथा मेयर कप प्रतियोगिता शोहार्दापुर्ण वातावरणमा सम्पन्न भएको बताउनुभयो ।राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिताको समापन समारोहमा बोल्दै नगर प्रमुख रजत प्रताप शाहले खेलकुदले विद्यार्थीहरुमा अनुशासनको पालना सगै आपसी सद्भाव कायम गरेको बताउनुभयो ।

खेलकुदले नगरको पहिचानलाई अन्तरास्ट्रिय स्तर सम्म पुराउन सहयोग गर्ने हुदा नगरले शिक्षा सगै खेलकुदलाइ पनि प्रथमिकता दिएको नगर प्रमुख शाहले बताउनु भयो ।प्रतियोगितामा भलिवल, कबड्डी, एथलेटिक्स, दौड, उफ्रने, फ्याक्ने, हाइजम्प लगंजम्प, क्रिकेट खेल समावेश गरिएको थियो ।

कृष्णनगर बहादुरगन्जमा रहेको रामगोरखा माध्यमिक विद्यालयको खेल मैदानमा माघ २४ गतेदेखी २७ गते सम्म प्रतियोगिता सन्चालन भएको थियो । प्रतियोगितामा नगरका १४ वटा बिद्यालयहरुको सहभागीता रहेको आयोजक कृष्णनगर नगरपालिकाले जानकारी दिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu