Connect with us
Kapilvast Forest

कार्यसम्पादन मुल्यांकनमा महाराजगंज नगरपालिका उत्कृष्ट

२०७९, ६ फाल्गुन शनिबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-
कपिलबस्तुमा कार्यसम्पादन मुल्यांकनमा महाराजगंज नगरपालिका उत्कृष्ट भएको छ । मुल्याकंनका १७ वटा सुचकलाई आधार मान्दा महाराजगंज उत्कृष्ट बन्न सफल भएको हो ।
महाराजगंजले ६८ दशमलव ६७ अंक प्राप्त गरि जिल्ला प्रथम भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राजस्व सकंलन लक्ष्य पूरा गरेको, संचित कोषा ब्यवस्थापन प्रणाली लागू गरेको, आवधिक योजना तर्जुमा गरेको, नीति कार्यक्रम तथा बजेट समयमा पेस गरेको, आयब्यय प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण समयमै पेस गरेको लगायतका १७ वटा सुचांक पूरा गरेकोले जिल्लामा प्रथम भएको हो ।

महाराजगन्ज नगरपालिकाका नगरपालिकाका नगर प्रमुखले पालिका प्रथम स्थान हासिल गर्ने कार्यमा सहयोग पुर्याउनु हुने सबै प्रतिनिधि तथा कर्मचारीहरुलाई धन्यवाद दिनुभयो । महाराजगन्ज नगरपालिकाको नगरप्रमुख अब्दुल कलामले भन्नुभयो “नगरपालिकालाई थप उच्च कार्यसम्पादन सहित सरल सेवा प्रवाहका अहोरात्र खटिनु भएका सम्पुर्णलाई धन्यवाद छ ।
महाराजगन्ज नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेअनुसारको काम गरेपछि जिल्ला प्रथम भएको बताउनु भयो ।
पालिकाका सम्पुर्ण कर्मचारी र प्रतिनिधिको लागबले महाराजगन्ज जिल्ला प्रथम भएको प्रमुख प्रशासकिय अधिकृत चौधरीले जानकारी दिनुभयो ।
जिल्लाको बाणगंगा नगरपालिका ५५.४७, बुद्धभुमी नगरपालिका ६०.०९, शिवराज नगरपालिका ६१.७५ कृष्णनगर नगरपालिका ४८.०४, कपिलवस्तु नगरपालिका ५२.९८ प्रतिशत अंक ल्याएका हुन । त्यसैगरी विजयनगर गाउँपालिका ५७.५३, यशोधरा गाउँपालिका ६२.०७, मायादेवी गाउपालिका ५४.२३ र शुद्धोधन गाउपालिकाले ५३.५२ अंक ल्याएका हुन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu