Connect with us
Kapilvast Forest

अर्थतन्त्रको सूचक सुधार्न सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री प्रचण्ड

२०७९, २८ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउन ध्यान दिइरहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउनेतर्फ सरकारले ध्यान दिइरहेको बताउनुभयो ।

उहाँले देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको भन्दै सङ्कटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीले अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरुका बाँकी रहेका भुक्तानी समयमै भुक्तान गर्नेतर्फ पनि सरकारको ध्यान रहेको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदरलाई घटाउन पनि सरोकारवाला निकायसँग छलफल गरी आवश्यक निर्देशन दिएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खरिद सम्बन्धी कानुन संशोधन गर्दा निर्माण व्यवसायीहरुको सहभागितालाई समेत सुनिश्चित गर्ने बताउनुभयो । उहाँले सो कानुन संशोधन गर्दा अन्य सराेकारवालालाई समेट्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीप्रति जनताको धेरै गुनासो रहेको भन्दै त्यसप्रति सरकार जानकार रहेको बताउनुभयो । निर्माण व्यवसायीहरुले जिम्मा लिएका कामहरु जिम्मेवार र गम्भीर भएर काम गर्नुपर्ने उहाँको भनाइ छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu