Connect with us
Kapilvast Forest

ललितपुर महानगरले दियाे भीमेश्वर नगरपालिकालाई ३५ लाख

२०७९, ११ चैत्र शनिबारमा प्रकाशित

ललितपुर- ललितपुर महानगरले दोलखा जिल्लाको भीमेश्वर नगरपालिकालाई सम्पदा संरक्षणका लागि आर्थिक सहयोग गरेको छ । महानगरका प्रमुख चिरी बाबु महर्जनले शुक्रवार भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरलाई ३५ लाखको चेक हस्तान्तरण गर्नुभयो ।

महानगरप्रमुख चिरी बाबु महर्जनले भीमेश्वर नगरपालिकाद्वारा चरिकोटमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरेका हुन् । महानगरप्रमुख चिरी बाबु महर्जनले सम्पदा संरक्षणमा भीमेश्वर नगरपालिकालाई सहयोग पुगोस् भन्दै सहयोग गरेको बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu