Connect with us
Kapilvast Forest

व्यवसायले स्थानको परिचय दिन सकोस् : अध्यक्ष काफ्ले

२०७९, २७ चैत्र सोमबारमा प्रकाशित

रौतहट- चन्द्रपुर नगरपालिकाका अध्यक्ष सञ्जय काफ्लेले व्यवसाय यस्तो होस् जसले स्थानको परिचय दिन सकोस् भन्नुभएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ रौतहटले सोमबार आयोजना गरेको प्रथम जिल्ला अधिवेशन कार्यक्रममा उहाँले उक्त धारणा राख्नु भएको हो ।

प्रमुख अतिथि समेत रहनु भएका पालिका अध्यक्ष काफ्लेले पर्यटन क्षेत्रको विकास नै होटल व्यवसाय सफल हुने आधार हो भन्नुभएको छ । रौतहटमा पर्यटन उद्योगको सम्भावना अधिक रहेको औँल्याउनुहुँदै अध्यक्ष काफ्लेले ती पर्यटकीय क्षेत्रको विकास, विस्तार र प्रचारप्रसार हुन सके चन्द्रपुर नगरपालिकाको नाम पनि प्रसिद्ध हुने जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu