Connect with us
Kapilvast Forest

कपिलवस्तुका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना

२०८०, २३ आश्विन मंगलवारमा प्रकाशित

चाडपर्वमा आवतजावत गर्ने यात्रुलाई सहयोग गर्नका लागि कपिलवस्तुका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले शनिबारदेखि कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, पिपरा र तौलिहवामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक अनिष भण्डारीले दसैँतिहारमा घरमा आउने र जाने यात्रुलाई सुरक्षित तरिकाले गन्तव्यमा पु¥याउन र नागरिकमा पर्ने समस्यामा सहयोग गर्न कक्ष स्थापना गरिएको बताउनुभयो ।

यात्रुको बढी भिडभाड र आवतजावत हुने प्रमुख चोक र बसपार्कमा सहायता कक्ष स्थापना भएको छ । चाडपर्वका बेला क्षमताभन्दा धेरै यात्रु बोक्ने, तोकिएको भाडाभन्दा धेरै असुल्ने, मापसे तथा लापसे गरी सवारी चलाउने, यात्रुसँग अभद्र व्यवहार गर्ने व्रिmयाकलाप निरुत्साहित हुने भण्डारीले बताउनुभयो ।

दसैँमा यात्रुको चाप बढी हुने भएकाले यात्रुलाई सहजीकरण गर्ने गरी सहयोग गर्ने प्रहरी निरीक्षक भण्डारीको भनाइ छ । ट्राफिक प्रहरी नायब निरीक्षक राघवसिंह रावलले नेपाल–भारत सीमामा रहेको कृष्णनगर नाका हुँदै घर फर्किनेको चाप अत्यधिक हुने भएकाले सहायता कक्षमा विशेष चासो हुने बताउनुभयो ।

यात्रु चढ्ने स्थलमा प्रहरी सव्रिmयता हुँदा बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, याुत्रलाई अनावश्यक सास्ती दिनेलगायतका कार्य निरुत्साहन हुने बताइएको छ । सहायता कक्षमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिने छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu