कृष्णनगर विद्युत केन्द्रद्धारा १ अर्ब २८ करोड भन्दा बढी राजस्व संकलन
न्युज सेन्टर नेपाल-
कपिलवस्तूको कृष्णनगरमा रहेको नेपाल विद्यूत प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आफ्नो लक्ष्य अनुसार राजस्व संकलन गरेको छ ।
आर्थिक बर्ष २०८०।८१ मा रु १ अर्ब २८ करोड ७९ लाख ५१ हजार ७ सय ९२ रुपैया ६५ पैसा राजस्व संकलन गर्न सफल भएको कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशिल पौडेलले जानकारी दिनुभयो । गत आर्थिक बर्षको तुलनामा ३७.८६ प्रतिशत बढी राजस्व संकलन गरेको प्रमुख पौडेलले बताउनुभयो ।
कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशिल पौडेलले भन्नुभयो “प्राधिकरणले आर्थिक बर्ष ०७९।०८० मा कृष्णनगर वितरण केन्द्रले रु ९३ करोड ४२ लाख २३ हजार ८ सय ५१ रुपैया २५ पैसा मात्रा संकलन गरेको थियो ।”
गत आर्थिक बर्ष नेपाल विद्यूत प्राधिकरण कृष्णनगर वितरण केन्द्र मार्फत १३ करोड ९३ लाख ७३ हजार ५ सय ३७ युनिट खपत भएको केन्द्रका प्रमुख पौडेलको भनाई रहेको छ ।
आर्थिक बर्ष ०७९।०८० मा ९ करोड ९२ लाख ४३ हजार २ सय ८६ युनिट मात्र खपत भएको थियो । ४०.०५ प्रतिशत बृद्धी भएको कृष्णनगर वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणले ४५ दिनको लक्ष्य लिए पनि ४१ दिनमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सफल भएको हो । हुकिगं मार्फत विद्युत चोरी गर्ने ५४ जनालाई कर्वाही गरी रु ८ लाख १९ हजार ७ सय २२ रुपैया ५४ पैसा संकलन गरेको हो ।
कालो सुचिमा परेका ६१ जना ग्राहकहरुबाट रु ४७ लाख ७९ हजार ९६ रुपैया ३१ पैसा, मिटरबाट डाइरेक्ट विद्युत चोरी गर्ने १० जना मार्फत २ लाख ४४ हजार ४ सय ४१ रुपैया ९६ पैसा संकलन गरेको प्राधिकरणले जनकारी दिएको छ ।
प्राधिकरणले डिमाण्ड चुहावटमा परेका ८२ जनामार्फत रु ३ लाख ३ हजार ९ सय ५३, बन्दी मिटरबाट रु ४ लाख २९ हजार ४ सय ७५ रुपैया ५४ पैसा असुल गरेको छ ।
विद्युत महाशुल्क नतिरेका २ हजार ३ सय ४९ जना मार्फत ६ करोड ७५ लाख ८ सय ३३ रकम संकलन गरिएको हो
नेपाल विद्यूत प्राधिकरण कृष्णनगर वितरण केन्द्रले सडक बत्ती मार्फत रु ७ करोड, ४ लाख ३७ हजार ९ सय ८३ रुपैया बक्यौता रहेको जनाएको छ ।
सरकारी अनुदान बक्यौता रु ६ करोड, ६ लाख ३३ हजार १ सय ७७ रुपैया ९५ पैसा रहेको छ ।
वितरण केन्द्रले कपिलवस्तुको चोरखोला गाँउमा ६२ बर्षपछी विद्युतीकरण गरी गाँउमा बत्ती बालेको हो । आर्थिक बर्ष २०८०।०८१ म कृष्णननगर मताहत सन्चालन गरिएको विभिन्न १३ वटा योजना मध्ये ८ वटा सम्पन्न भएको छ । वाकी ५ वटा योजना सन्चालन भैरहेको छ ।
कृष्णनगर वितरण केन्द्र अन्तरगत कुल ५० हजार ५ सय ८१ ग्राहक रहेका छन ।
।।।।। विद्युत कार्यालयसँग स्थानियको गुनासो ।।।।।
नेपाल विद्यूत प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आफ्नो लक्ष्य अनुसारको राजस्व संकलन गरेपनी अझैपनि विभिन्न समस्या कायमै रहेको छ ।
समान्य हवाहुरी चलेपनि विद्युत अवरुद्ध हुने गरेको कपिलवस्तु शिवराज नगरपालिका वडा नं ३ का निसार अहमद धोबीले बताउनु भयो ।
निसारले भन्नुभयो “गाँउमा पुरानो काठको पोल रहेको छ उक्त पोल हटाउन पटक पटक आग्रह गरेपनि कुनै सुनुवाई भएको छैन ।”
त्यस्तै कृष्णनगर नगरपालिका वडा नं ७ सुखरामपुमा हाइ पावरको ट्रान्सर्फमर नहुदाँ झिपझिप विद्युत कटौती हुने गरेको स्थानिय मनोज विश्वकर्माले बताउनुभयो ।
विद्युतका कर्मचारीको लापरवाहीका कारणले गर्दा समयमै विद्युत मिटरको रिडिङ नहुदा झन समस्या भोग्नु परेको विश्वकर्माले गुनासो गर्नुभयो ।
विजयनगर गाँउपालिकामा पनि विद्युत समस्या हुने गरेको चार नम्बर भटनीका स्थानिय कृष्ण पौडेलले बताउनुभयो । बर्षायममा विद्युतका बढी समस्या हुने गरेको पौडेलले गुनासो गर्नुभयो ।
यता कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशिल पौडेलले विद्युत प्रवाहमा आएका समस्याहरु समाधान गर्न हामी तत्पर रहेको बताउनुभयो । विद्युत मिटर रिडिङको बारेमा कर्मचारी तैनाथ गरेको बताउनुभयो ।
शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, बुद्धभुमी नगरपालिका महाराजगंज नगरपालिका र विजयनगर गाँउपालिका क्षेत्रका ग्राहकहरुलाई मध्येनजर गरी सर्वसुलभ तवरले विद्युत प्रवाह गर्न लागि परेको प्रमुख पौडेलले जानकारी दिनुभयो ।
विद्युतीकरणको केही कामहरु अबका केही दिनमा योजना बद्ध रुपमा गर्ने प्रमुख पौडेलको भनाई रहेको छ ।