बुद्धभूमि मोहीको गम्भीर लापरवाही: गुणस्तरहीन मोहीले स्वास्थ्य माथी खेलवाड
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको ग्लोबल डेरी उद्योगले उपभोक्ताको स्वास्थ्य माथी गम्भीर लापरवाही गरेको छ । ग्लोबल डेरीले गुणस्तरहीन मोही बजारमा पठाएको उपभोक्ताले गम्भीर आरोप लागएका छन । जिल्लाको एक होटलमा भेटिएको मोहीको बोटल तीन तहमा बिभाजित भएको पाइएको छ ।
बुद्धभुमी नगरपालिका २ स्थित उद्योगले बुद्धभुमी सादा मोहि नामक ब्राण्ड बजारमा ल्याएको छ । उक्त उद्योगले तयार पारेको मोहीको गुणस्तरको स्तर कमसल रहेको छ, जसले उपभोक्ताहरूको स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको चिकित्सकहरुले जनाएका छन ।
मोही खाएपछि धेरै उपभोक्ताहरू झाडापखालाको समस्याले ग्रसित भएको महाराजगन्जका एक स्थानीयले बताए । उद्योगले गैरजिम्मेवार प्रवृत्ति र नाफाखोरीको नियतले बजारमा गुणस्तरहिन समाग्री बेच्ने गरेको उपभोक्ताको आरोप रहेको छ ।
यो गम्भीर आरोप मात्र होइन, यो उपभोक्ताहरूको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा खेलवाड गरिएको नाम नबताउने सर्तमा एक उपभोक्ताले जानकारी दिए ।

तस्बिरमा तपाइहरुले हेर्न सक्नु हुन्छ ।
सामान्यतः मोही एक समान घुलनशील हुनु पर्ने हो, तर यहाँ भने उत्पादन गरिएको मोही तीन तहमा विभाजन भएको देखिएको छ।
यो स्पष्ट छ कि मोहीमा उचित रूपमा मिश्रण र प्रक्रिया गरिएको छैन, जसले गर्दा यसमा गुणस्तरको गम्भीर कमी देखिन्छ।
उत्पादन मिति देखि ५ दिनसम्म प्रयोग गर्न मिल्ने दाबी गर्दै बजारमा पठाइएको यो मोही वास्तविकतामा पनिर फाटेको पानी जस्तो देखिएको छ ।
माथि डल्लो जमेको अवस्था स्पष्ट रूपमा देख्न सकिन्छ। यस्तो अवस्थामा, उपभोक्ताहरूको स्वास्थ्यको लागि यसले गम्भीर खतरा उत्पन्न गरेको गोरुसिङ्गेका एक होटल सन्चालकले जानकारी दिए ।
ग्लोबल डेरी उद्योगले यस्तो लापरवाहीपूर्ण व्यवहारलाई नजरअन्दाज गर्नु भनेको उपभोक्ताहरूको जीवनसँग खेलवाड गरेको होटल सन्चालकको भनाई रहेको छ ।
मोहीको गुणस्तरको विस्तृत परीक्षण गर्नुपर्ने स्थानीयले माग गरेका छन । साथै उपभोक्ताहरुले मोही उद्योगलाई कार्वाही गर्न माग गरेका छन ।