Connect with us
Kapilvast Forest

शिवराजमा चुनावी सरगर्मी: एमाले अध्यक्ष पदमा पोख्रेल र अधिकारीको प्रतिस्पर्धा

२०८१, ३० श्रावण बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल- कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमालेको नगर अधिवेशनले राजनीतिक माहोल तात्तिएको छ। नगरभरि चुनावी सरगर्मी चुलिंदै जाँदा पार्टीका नेताकार्यकर्ता विभिन्न पदका लागि प्रतिस्पर्धामा होमिएका छन्।

नेकपा एमाले शिवराज नगर कमिटीले हाल प्रत्येक वडाबाट नगर प्रतिनिधि छनोटको कार्य तीव्र गतिमा भइरहेको जानकारी दिएको छ। वडास्तरीय भेलाहरूमा पार्टीका सदस्यहरूको उत्साहजनक सहभागिता देखिएको छ, जसले गर्दा आगामी नगर अधिवेशनमा नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बन्न पुगेको छ। नगर अशिबेशन भदौ १३ गते तोकिएको छ ।

अध्यक्ष पदको लागि शिवराज नगर समितिमा दुई जना प्रमुख उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। वर्तमान कार्यबाहक अध्यक्ष महादेव पोख्रेल र सचिव शरद अधिकारी अध्यक्ष पदका लागि आकांक्षी रहेका छन्। दुबै उम्मेदवारले आफ्नो अनुभव र योगदानलाई आधार बनाई आफू अध्यक्ष पदको लागि योग्य रहेको दाबी गरेका छन्।

महादेव पोख्रेल, जो लामो समयदेखि पार्टीको उपाध्यक्ष हुदै कार्यावाहक अध्यक्षको जिम्मेवारीसँग आबद्ध रहेका छन्, उनले पार्टीको संगठनलाई मजबुत बनाउँदै आएको र आगामी कार्यकालमा थप प्रभावकारी कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

अर्कोतर्फ, शरद अधिकारीले पनि आफ्नो नेतृत्व क्षमता र नवीन विचारधाराको प्रस्ताव गर्दै पार्टीभित्र नयाँ ऊर्जा भर्ने लक्ष्य राखेका छन्।

नगर उपाध्यक्ष पदको लागि टेकलाल सापकोटाको एकल उम्मेदवारी रहने चर्चामा रहेको छ। सापकोटा शिवराज नगरपालिका वडा नं ३ का वडा अध्यक्ष हुन् र उनले आफ्नो वडा क्षेत्रमा विकासका महत्वपूर्ण कार्यहरू गरेका छन्।

उनी पार्टीभित्र एक सशक्त नेताको रूपमा परिचित छन्, जसले गर्दा उपाध्यक्ष पदमा उनको उम्मेदवारीलाई धेरैले समर्थन गरेका छन्।

त्यस्तै, सचिव पदको लागि रोशन एमसीको एकल नाम अगाडि आएको छ। एमसी पनि पार्टीका अनुशासित कार्यकर्ताको रूपमा चिनिन्छन् र उनले संगठनात्मक कार्यहरूमा देखाएको सक्रियता र समर्पणको कारणले गर्दा सचिव पदका लागि उनी उपयुक्त ठहरिएका छन्।

हालसम्म अन्य पदका उम्मेदवारहरूको टुंगो भने लाग्न सकेको छैन। तर, उम्मेदवारीको लागि विभिन्न नेताहरूबीच छलफल र परामर्श जारी रहेको छ।

आगामी दिनहरूमा अन्य पदका उम्मेदवारहरूको नामावली पनि सार्वजनिक हुने अनुमान गरिएको छ।

यस अधिवेशनले नेकपा एमाले शिवराज नगर कमिटीभित्र नयाँ नेतृत्व चयन गर्ने मात्र नभई, पार्टीको संगठनलाई नयाँ दिशा दिन पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

अध्यक्ष पदका उम्मेदवारहरूको बीचमा भइरहेको तीव्र प्रतिस्पर्धाले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने र कार्यकर्ताहरूलाई एकताबद्ध गर्ने विश्वास गरिएको छ।

शिवराज नगरका आम कार्यकर्ता र स्थानीय बासिन्दाहरू यो अधिवेशनलाई उत्सुकताका साथ हेरिरहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu