Connect with us
Kapilvast Forest

भारतसँग अपसी सद्भाव अभिवृद्धि भएको छ : परराष्ट्रमन्त्री

२०८१, ६ भाद्र बिहीबारमा प्रकाशित

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भारतबिचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

भारतको चार दिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले यस भ्रमणबाट दुई मुलुकका बिचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको आफूले विश्वास लिएको बताउनुभएको हो ।

मन्त्री डा. राणाले भन्नुभयो, “भ्रमणले आगामी दिनमा उच्चस्तर एवम् विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरू समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।”

उहाँले भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा गत आइतबार नयाँदिल्ली गएको र नेपाल र भारतको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रम अनुसार नै यो भ्रमण भएको जानकारी गराउँदै भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रूपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरूमा कुराकानी भएको जानकारी दिनुभयो ।

भ्रमणकाक्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र त्यस भेटका क्रममा नेपाल र भारतबिच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवम् आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने विषयमा विचारको आदानप्रदान भएको उहाँले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu