Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा रोज थेरापी स्पा सञ्चालनमा

२०८१, २३ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेद्रपुरमा रोज थेरापी स्पा प्रा. ली. सञ्चालनमा आएको छ । आधुनिक स्वास्थ्य सेवाको पहुँचलाई स्थानीय स्तरमा विस्तार गर्ने उद्देश्यले स्पा सन्चालन गरेको सन्चालक माधव खनालले बताउनु भयो ।

नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै विभिन्न थेरापी र मसाज सेवाहरू प्रदान गर्ने लक्ष्यका साथ अघि बढेको खनालको भनाई रहेको छ ।

रोज थेरापी स्पाको प्रमुख आकर्षण साउना स्टीम बाथ, फुल बोडी मसाज, थाइ मसाज, कपल मसाज, हेड नेक सोल्डर्स मसाज, डीप टिश्यु मसाज, र फूट मसाज जस्ता विविध सेवाहरू हुन ।

स्वास्थ्य र शारीरिक स्फूर्ति प्रदान गर्न मद्दत पुर्‍याउने सञ्चालक माधव खनालले बताउनुभयो । उहाँका अनुसार, यी सेवाहरूले न केवल शारीरिक तनावलाई कम गर्ने, मानसिक शान्ति र आराम प्रदान गर्नमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

स्पाको डाइरेक्टर निता परियारले स्पाको फाइदाबारे विस्तृत जानकारी दिँदै मसाजले शारीरिक तथा मानसिक थकानलाई दूर गर्न मद्दत गर्ने बताउनु भयो ।

स्पाले शरीरमा नयाँ उर्जा भर्ने, निराशा हटाउने, बुढ्यौलीपनको प्रभावलाई ढिलो गराउने, र राम्रो निन्द्राको अनुभूति गराउने जस्ता फाइदाहरू हुने निता परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार, यस स्पामा उपलब्ध सेवाहरूले तौल घटाउने, छालामा चमक ल्याउने, र नशासम्बन्धी समस्याहरूको जोखिमलाई कम गर्ने छन्।

थेरापीको महत्त्वबारे चर्चा गर्दै, डाइरेक्टर परियारले थप्नुभयो, “मसाज थेरपीहरूले नियमित शारीरिक व्यायामको अभावले आउने समस्याहरूलाई न्यून गर्न मद्दत पुर्‍याउँछन । विशेष गरी हाम्रो समाजमा बढ्दै गएको तनाव, थकान र बुढ्यौलीसँग जुध्न मसाज एक प्रभावकारी उपाय हो।”

रोज थेरापी स्पाको व्यवस्थापनले सेवा गुणस्तर र ग्राहक सन्तुष्टिमा कुनै सम्झौता नगर्ने नीति लिएको छ । यसका लागि, योग्य र अनुभवी थेरापिस्टहरूको टिम राखिएको छ, जसले अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न सक्षम छन ।

साथै स्पामा प्रयोग हुने सम्पूर्ण सामग्री र उपकरणहरू उच्च गुणस्तरका छन । जसले ग्राहकहरूलाई सुरक्षित र सन्तोषजनक सेवा दिने सुनिश्चितता हुने स्पा सन्चालकले बताएका छन ।

शिवराज नगरपालिकाका बासिन्दाहरूले रोज थेरापी स्पा सञ्चालनमा आएकोमा खुसी व्यक्त गरेका छन । यस प्रकारको सेवा नगरको स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ने र मानिसहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

रोज थेरापी स्पाले आगामी दिनहरूमा सेवाको विस्तार र ग्राहकहरूको आवश्यकता अनुसार नयाँ सेवाहरू थप्ने योजना बनाएको छ ।

कपिलवस्तुमा पहिलो पटक यस किसिमको उच्चस्तरीय स्पा सेवा सञ्चालनमा आएको हो, जसले यस क्षेत्रका नागरिकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै उनीहरूको जीवनशैलीमा सुधार ल्याउने विश्वास लिइएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu