कपिलवस्तु स्थित शसस्त्र प्रहरीको बाहीनीमा अजिङ्गर भेटियो
सनिउल्ला धोबी
कपिलवस्तुको चन्द्रौटामा रहेको शसस्त्र प्रहरी बलको विन्ध्यावासीनी बाहीनीमा आज बिहान ११.५ फिट लामो अजिङ्गर फेला परेको छ ।
बाहीनीको प्रतिक्षालयमा अजिङ्गर पसेको अवस्थामा देखापरेपछि डिभिजन वन कार्यालय गौतम बुद्धका कर्मचारीहरूको सहयोगमा सुरक्षित रूपमा उद्धार गरिएको छ ।
डिभिजन वन कार्यालयका डिभिजन राजु क्षेत्रीका अनुसार, अजिङ्गरलाई उद्धारपछि पुनःस्थापना गरिएको छ ।
अजिङ्गरले मानवीय क्षति नगरे पनि जंगल र मानव बस्तीबीचको दूरी घट्दै गइरहेकोले जिवजन्तु मावन बस्तीमा पसेको डिभिजन प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।
वन क्षेत्रको अतिक्रमण र मानव बसोबास विस्तारका कारण वन्यजन्तुहरू बसोबास क्षेत्रतिर आउने घटनाहरू बढ्दो क्रममा छन ।
वन कार्यालयले समयमै अजिङ्गरको उद्धार गरी उचित स्थानमा पुनर्स्थापना गरिनु पर्यावरण संरक्षण र मानव जीवनको सुरक्षाका दृष्टिले सकारात्मक भएको पशु पंक्षी सरंक्षणकर्मीले जनाएको छन ।
यस घटनाले वन्यजन्तु तथा प्राकृतिक स्रोतहरूको संरक्षणमा सबैको चासो बढाउनु आवश्यक रहेको सन्देश दिएको स्थानिय समाजसेवी कृष्ण गैरेले बताउनु भयो ।
मानव र प्रकृतिबीचको सहअस्तित्वको महत्त्वलाई मनन गर्दै, यस्ता घटनामा वन कार्यालय तथा अन्य सरोकारवाला निकायहरूले मिलेर काम गर्नुपर्ने अर्का समाजसेवी घनश्याम आचार्यले बताउनु भयो ।
