कपिलवस्तुको शिवराजमा वडा स्तरीय सरसफाई अभियान
कपिलवस्तु- शिवराज नगरपालिका वडा नं. ८ मा वडा स्तरीय सरसफाई अभियान सफलतापूर्वक सम्पन्न भएको छ । नगर प्रमुख अजय थापा र वडा नं. ८ का वडा अध्यक्ष रिजवान खानको विशेष उपस्थितिमा यो अभियान सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय बालबालिका, युवाहरू, र वृद्धवृद्धाहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै, हातमा कुचो लिई सडक, चोक, र सार्वजनिक स्थानहरूको सरसफाई गरेका थिए । यस सरसफाई अभियानले स्वच्छता र सफाइको महत्त्वलाई प्रोत्साहित गर्दै सामुदायिक एकता र जनचेतना फैलाएको छ ।
नगर प्रमुख अजय थापाले स्वच्छ र हराभरा नगर बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । वडा अध्यक्ष रिजवान खानले अभियानको सफलताका लागि सहभागीहरूलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता अभियानहरू निरन्तर चलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमको प्रमुख उद्देश्य स्वस्थ र सफा वातावरण कायम गर्दै, जनताबीच स्वच्छताको महत्त्वबारे जनचेतना फैलाउनु थियो । स्थानीय अधिकारीहरूले यस प्रकारका अभियानले नगरलाई थप सफा र व्यवस्थित बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् ।