Connect with us
Kapilvast Forest

रातारात जन्मेको पार्टीले देश र जनताको हित गर्न सक्दैन : विप्लव

२०८१, ३ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौँ —नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विपल्व) ले सबै माओवादी पार्टीबाट अलग भएकाहरू एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको निर्वाचनमा प्राप्त गरेकै जस्तो जनमत प्राप्त गर्न सकिने बताएका छन् ।

चितवनमा शनिबार आयोजित कार्यक्रममा विप्लवले माओवादीबाट अलग भएका दलहरू एकले अर्कालाई हेप्ने, आरोप लगाउने नभई एकताबद्ध भएर देश र जनताको सेवाका लागि अघि बढ्नुपर्ने बताएका हुन् ।

महासचिव चन्दले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशलाई भूलभुलैयामा पार्न खोजेपनि त्यो सम्भव नभएको बताए । देशमा आफूहरूले एक पटक जनताको सेवा गर्न पाउनुपर्ने उनको भनाइ थियो । ‘आजको दिनमा हामीले बुझने कुरा के हो भने माओवादी एकले अर्कोलाई आक्षेप लगाउने र हेप्ने कुरा होइन, यो एकताबद्ध हुन्छ ।

यो एकताबद्ध भयो भने २०६४ साल जन्मिन्छ । हामीले राम्रोसँग बुझ्नुपर्दछ । २०६४ साल होइन, २०५२ साल भन्नुभएन । २०५२ साल त अहिले नभनौं, तर २०६४ साल जन्मिन्छ नेपालमा । तर उस्तै प्रकारले होइन, उस्तै इतिहास दोहोरिँदैन । इतिहास एउटा चर्कोबाट गुज्रिन्छ । इतिहास आउँछ, फर्केर आउँछ ।
यो कुरा जनताले कहिल्यै पनि भुल्ने छैनन्,’ चन्दले भने, ‘केही मान्छेले भ्रम छोडेका छन् । संस्कृतिको नाममा, गुटको नाममा, च्याउ जस्ता उम्रेका पार्टीले रातारात खडा गरेका मान्छेहरूले देशलाई भुलभुलैयामा पार्न खोजेका छन् ।’

माओवादी आन्दोलनबाट अलग भएर गठित पार्टीहरू एकताबद्ध भएर आगामी निर्वाचनमा जानुपर्ने चन्दको भनाइ थियो । ‘एकचोटी एकताबद्ध हुने हो । एकताबद्ध भएर अगाडि जाने हो । हामीलाई कुनै मोजमस्ती चाहिएको छैन ।

हामीलाई कुनै स्वार्थ चाहिएको छैन । हामीलाई कुर्सी मात्रै चाहिएको छैन । त्यो कुर्सी हामीलाई व्यक्तिगत जीवनको लागि चाहिएको छैन,’ उनले भने ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu