तिहार सभ्य र मर्यादित रुपमा मनाऔं: प्रजिअ अर्याल
सनिउल्ला धोबी-;
कपिलवस्तुको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्व प्रकाश अर्यालले तिहारलाई सभ्य र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गर्नुभएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आयोजित शुभदिपावली, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाले तिहारमा अनावश्यक अतिशबाजी नगर्न र पटका जस्ता पदार्थ नपडकाउन अनुरोध गर्नुभयो ।
प्रजिअ अर्यालले भन्नुभयो, “कपिलवस्तुमा सामाजिक सद्भाव कायम गर्न सबैले हातेमालो गर्नु पर्छ ।” उहाले तिहार पर्वले आपसी मेलमिलाप र भाइचारा प्रवर्द्धन गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरवासीलाई धन्यवाद दिंदै आपसी सद्भाव र सहकार्यमा ध्यान दिन आग्रह गर्नु भयो ।
तिहारको अवसरमा सबैले सभ्य तरिकाले मुर्ती विसर्जन गर्न नगर प्रमुख शाहले अनुरोध गर्नु भयो ।
कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जन दत्ता भट्टले तिहार पर्वको सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिनुभयो । उहाले भन्नू भयो “सबैले कानुनको पालना गर्दै सभ्य र सुरक्षित पर्व मनाउनु होला ।”
सशस्त्र प्रहरी उपरीक्षक रामजंग शाहले तिहार मेलमिलापको भएको बताउनु भयो । सामाजिक सद्भाव र अनुशासनमा एकताबद्ध रहन अनुरोध गर्नु भयो ।
सशस्त्र नायब उपरीक्षक भीम निधि खनालले सामाजिक सद्भावको सन्देश दिने पर्वमा अतिशबाजीको प्रयोगले असुरक्षा निम्त्याउन सक्छ, त्यसैले संयमित रहन सबैलाई आग्रह गर्नुभयो ।
समाजसेवी भारत किसोर चौधरीले तिहार केवल एक पर्व होइन, यसले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँने भएकाले सभ्य रुपमा मनाउन अनुरोध गर्नु भयो ।
कार्यक्रममा जाबेद आलम खान, नारायण कानोडिया,
वडा अध्यक्ष हरिपाल चतुर्बेदी, कृष्ण कुमार गुप्ता, सगिर अहमद खा, कृष्णनगर इलाका प्रहरी निरीक्षक सुरज खत्री, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार गुप्ता, ट्राफिक प्रहरी नायब निरीक्षक चुडामणि पोख्रेल, समाजसेवी अशिष कौशल, नसरुल्लाह खान, अब्दुल अजिज जहिद, स्थानीय पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले शुभ दिपावली, छठ पर्वको शुभकामना दिनुभएको थियो ।