Connect with us
Kapilvast Forest

छठ पर्वले सामाजिक एकता सुदृढ पार्छ: शाह

२०८१, २३ कार्तिक शुक्रबारमा प्रकाशित

कपिलवस्तु– नेपाली कांग्रेसका युवानेता तथा पुर्व सांसद अभिषेक प्रताप शाहले छठ पर्वले सामाजिक एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नु भएको छ

कपिलवस्तुका छ्ठ ब्रतालुलाई छठ पर्वको शुभकामना दिंदै शाहले समाजमा रहेका सबै प्रकारका विभेद, कुरीति एवम् विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने विश्वास व्यक्त गर्नु भयो ।

कपिलवस्तुको कृष्णननगर छठ घाटमा पुगेर पुर्व सांसद शाहले छठ पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको लागि शुभकामना व्यक्त गर्नुहुँदै प्रकृतिको पूजा गरिने यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस् भनी कामना दिनु भयो ।

छ्ठ घाटमा पुग्नु भएका कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले सूर्य देवता र छठी माताको पूजाअर्चना र व्रत बस्ने सम्पुर्णलाई शुभकामना दिनुभयो ।

मेयर शाहले नगरमा रहेका छ्ठ घाटलाई ब्यवस्थापन गरि छठ पर्वलाई धुमधाम तथा हर्षोल्लासका साथ मनाउन अग्रह गर्नु भयो ।

खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल आएर देशका विभिन्न जिल्ला अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवम् भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको छ ।

भेदभावविना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ दिएर पूजाआराधना गरी यो पर्व मनाइन्छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu