शिक्षाको गुणस्तर वृद्धिमा ध्यान दिन्छु : मन्त्री तिमिल्सिना
सनिउल्ला धोबी-
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको गुणस्तर बढाउनु पर्ने बताउनु भएको छ ।
मन्त्री तिमिल्सिनाले शिक्षा सुधारोन्मुख गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावकले विशेष भुमिका निर्वाह गर्नु पर्ने धारणा राख्नु भयो ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले कृष्णनगरमा महिला सेलको भवन निर्माणकार्यका लागि प्रदेश सरकारबाट रु २२ करोड रकम विनियोजन गर्ने बताउनु भयो ।कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्वप्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले कपिलवस्तु पछाडी पारिएको जिल्ला भएकाले कपिलवस्तुको बिकासको लागि प्रदेश सरकार लाग्नु पर्ने धारणा राख्नु भयो ।
प्रदेश सरकारले कपिलवस्तुको शिक्षालाई विशेष प्राथमिकतामा राख्नु पर्ने नेता शाहले बताउनु भयो ।
कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक ब्यवस्थापन गर्नु पर्ने धारणा राख्नु भयो ।
विद्यालयको भौतिक पुर्वाधार निर्माणका लागि प्रदेशले पहल गर्नु पर्ने मेयर शाहको भनाई रहेको छ ।
मन्त्री तिमिल्सिनाकाे स्वागत तथा अभिनन्दन कार्यक्रममा नेपाली काग्रेसका क्षेत्रिय अध्यक्ष ब्रमहानन्द उपाध्या, समाजसेवी भरत किशाेर चाैधरी, मुक्तेश्वर मिश्रा ,उधाेग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ताले समेत कृष्णनगरको विकासका लागि बोल्नु भएको थियो ।
साथै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकिय खेमराज देवकाेटा, युवानेता गाेविन्द केसी, कृष्णनगर नगरपालिका वडा न.२ कृष्ण कुमार गुप्ता, वडा न. ७ वडाध्यक्ष राज किशाेर यादव लगायतको सहभागिता रहेको थियो ।