Connect with us
Kapilvast Forest

मिश्रसहितका आरोपितलाई पुनः म्याद थप गर्न अदालत लगियो

२०८२, ३० बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं –

विभिन्न अभियोगमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुनः म्याद थपका लागि अदालत पेश गरेको छ ।गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो ।राजावादीले १५ चैतमा काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।

मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा। धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ । पछि पक्राउ परेका त्यस दिनको आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि थुनामै छन् ।मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ । प्रसाईंसहित केहीलाई भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग कसुर लगाएको छ ।

मिश्रलाई प्रहरीले पहिलोपटक थुनामा राखेर अनुसन्धान गर्न १६ चैतमा पाँच दिनको अनुमति लिएको थियो । १६ चैतमा पाँच दिनको अनुमति पाएको थियो भने २० चैतमा पुनः सात दिनको म्याद पाएको थियो ।प्रहरीले २७ चैतमा १५ दिनको म्याद लिएर थुनामा राखेको थियो । यस्तै, १० वैशाखमा तीन दिन, १४ वैशाखमा सात दिन र २१ वैशाखमा पाँच दिनको म्याद पाएको थियो । मंगलबार उक्त समय अवधि सकिएकाले पुनः म्याद थपका लागि जिल्ला अदालत पेस गरेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu