Connect with us
Kapilvast Forest

कांग्रेस बैठकमा उठ्यो गृहमन्त्रीको राजीनामा माग्ने नेतालाई स्पष्टीकरण सोध्नुपर्ने माग

२०८२, १३ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं –

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भनी अभिव्यक्ति दिने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ ।सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको विषयमा छलफल भएको थियो । गृहमन्त्री लेखकले उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी नेताहरूलाई सुनाएका थिए ।

बैठकमा बोल्ने क्रममा नेताहरूले पार्टी भित्रैबाट गृहमन्त्री लेखकको राजीनामा मागिएकोप्रति आपत्ति जनाएका थिए । नेता डा। शशांक कोइरालाले राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने धारणा आएको बैठकपछि पत्रकारलाई जानकारी दिए ।‘हामीले सभापतिलाई के भन्यौं भने, तपाईं अब उनीहरूलाई बोलाउनूस् । सोध्नूस्, के भएको हो रु निकास निकाल्नु पर्‍यो नि । एक आपसमा मुठभेड गरेर कसलाई फाइदा हुन्छ रु स्पष्टीकरण माग्नूस् शेखर डा। साबसँग, सुनीलसँग, राजेन्द्र बजगाईंसँग,’ बैठकपछि नेता कोइरालाले भने ।

नेताहरूले उनीहरुसँग स्पष्टीकरण सोध्न माग गरेपछि सभापति शेरबहादुर देउवा हुन्छ हुन्न केही जवाफ नदिएको कोइरालाले बताए ।संस्थापनइतरका नेता डा। शेखर कोइरालाले छानबिनलाई सघाउन गृहमन्त्री लेखकले राजीनामा दिनु उचित हुने बताएका छन् । उनी पक्षीय सांसदहरू डा। सुनिल शर्मा र राजेन्द्र बजगाईंले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विचार राखेका छन् ।कांग्रेस पदाधिकारी बैठकले गृहमन्त्री लेखक निर्दोष रहेको निचोड निकालेको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu