Connect with us
Kapilvast Forest

प्रतिनिधिसभामा आज गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफूलाई मुछेको भन्दै प्रष्टीकरण दिँदै

२०८२, १४ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं –

 ​आजको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई मुछेको भन्दै त्यसको संसदमा जवाफ दिने भएका  छन्। मन्त्री लेखकले विशेष समय लिएर त्यस बारेमा प्रष्ट पार्ने जनाइएको छ। यद्यपि विपक्षी दलहरुले भने मन्त्रीले राजीनामा दिनुपर्ने भन्दै संसद अवरोध गर्ने बताइरहेका छन्।

भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उनीमाथि अख्तियारले छानबिन गर्ने भएपछि त्यसको अघिल्लो दिन नै सरुवा गरिएको थियो। यो प्रकरणमा गृहमन्त्री लेखक र उनको सचिवालय संलग्न रहेको भन्दै आलोचना हुँदै आएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu